शाहरुखको ‘डार्लिङ्गस’ मा आलियाको मुख्य भूमिका

सोमबार, ०३ फागुन २०७७, १६ : ५८

काठमाडौं- शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको नयाँ फिल्म ‘डार्लिङ्गस’ मा आलियाले मुख्य भूमिका निर्वाह गर्न लागेकी हुन् । 
 
केही समय अगाडि आलियाले यो फिल्मको स्क्रिप्ट सुनेकी थिइन्, तब उनलाई निकै मन परेको थियो र तुरुन्त फिल्म गर्ने स्वीकृति जनाएकी थिइन् । फिल्मको कहानी एक विचित्र आमा र छोरीको वरिपरी घुम्ने बताइएको छ । ‘डार्लिङ्गस’ बाट जसमीत के रेने निर्देशकको रुपमा डेब्यू गर्दैछिन् । उनले ‘फोर्स २, फन्नी खान, पति पत्नि और वो’ जस्ता कयौं फिल्मको कथा लेखिसकेकी छन् ।
 

फिल्ममा आलियासँगै शेफाली शाह, विजय वर्मा र रोशन मैथ्यूको पनि अभिनय रहनेछ । ‘डार्लिङ्गस’ का अलावा शाहरुख खानको प्रोडक्शन हाउसले कयौं फिल्ममा काम गरिरहेको छ । बबी देओलको अभिनय रहने ‘लभ होस्टल’ चाँडै फ्लोरमा जाँदैछ भने अभिषेक बच्चनसँग ‘बब बिस्वास’ पोस्ट(प्रोडक्शनको स्टेपमा छ । शाहरुख भने फिल्म ‘पठान’ को छायांकनमा व्यस्त छन् । 

सोमबार, ०३ फागुन २०७७, १६ : ५८

प्रतिक्रिया