प्रभासको हजार करोड ऋण फिल्म  ‘राधे श्याम’ले उकास्ला त  ?

मंगलबार, ०४ फागुन २०७७, १५ : ३६

साउथ स्टारको द्ई दिन अघिमात्र फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै ह्वात्तै बढेको चर्चाको विचमा प्रभासको ऋणको विषयलाई लिएर अर्को चर्चा  चुलिएको छ । भारतीय संञ्चारमाध्यका अनुसार प्रभास एक हजार करोड रुपैंयाँ ऋणमा डुबेको खबर बाहिरीएको छ। 

 कोरोना महामारीबाट ठप्प भएका फिल्म उद्योग बल्ल तल्ल संचालनमा आउनथाले सँगै  यस्तो समाचार बाहिरीएको हो । प्रभासको प्रोडक्सन कम्पनी यूवी क्रिएसनले दर्शकमाझ फिल्म ‘राधे श्याम’ ल्याउदै गर्दा यूवी क्रिएसनले बैंकमा लिएको ऋण तिर्न गाह्रो परिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ऋणका कारण फिल्ममा कुनै असर पर्ला की भन्ने दर्शकमा चिन्ताको बिषय बनेको छ । 

 फिल्ममा प्रभास र पूजा हेगडे प्रमुख भूमिकामा छन् । युरोपमा छायांकन गरिएको यो फिल्म जुलाई ३० मा रिलिज हुँदैछ ।

कोभिडका कारण कम्पनीले ठूलो नोक्सान व्यहोरेपछि यो फिल्मको सफलताको पर्खाईमा प्रभास छन् । फिल्ममा राधाकृष्ण कुमारको निर्देशन छ ।

मंगलबार, ०४ फागुन २०७७, १५ : ३६

प्रतिक्रिया