'द कपिल शर्मा शो' मा फकिदै सुनिल ग्रोवर !

मंगलबार, ०४ फागुन २०७७, १६ : १२

चर्चीत भारतीय कमेडियन सुनिल ग्रोवर को  द कपिल शर्मा शोमा ईन्ट्री हुने भएको छ  । पछिल्लो समय बन्द रहेको चचिर्त भारतीय शो  द कपिल शर्मा शो जुलाई  देखि पुन प्रशारणमा आउने चर्चा रहेको छ ।  

भारतीय संञ्चारमाध्यमका अनुसार द कपिल शर्माको नयाँ सिजनसँगै सुनिल ग्रोवर पनि कार्यक्रममा फिर्ता हुनेछन् । रिपोर्ट अनुसार  सलमान खानले कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद मिलाइदिएका छन् । उनी सुनिलसँग एक विशेष सम्बन्ध सेयर गर्छन् र शोमा सुनिलको फिर्ती होस् भन्ने चाहन्छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने द कपिल शर्मा शोका निर्माता सलमान खान नै हुन् ।

सुनिल शोमा फिर्ता हुन लागेको सङ्केत हालै सोसल मिडियामा पाइएको हो । कपिल शर्माका मेकअप आर्टिस्टले सुनिल ग्रोवरसँग सोसल मिडियामा फोटो सेयर गरेका थिए ।
 

मंगलबार, ०४ फागुन २०७७, १६ : १२

प्रतिक्रिया