अभिनेता सन्दीप नाहर मृत फेला

मंगलबार, ०४ फागुन २०७७, १६ : ४३

बलिउड अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका छन् । उनी मुम्बईस्थित आफ्नो घरमा  मृत फेला परेका हुन्। 

 मुम्बईको गोरेगावस्थित घरमा उनी बेहोस अवस्थामा फेला परेका उनलाई उनीकी श्रीमती र साथीले अस्पताल पुर्‍याए पछि अस्पतालले  मृत घोषित गरेको थियो। 

अभियनमा करियर बनाउन उनी सन् २००९ मा मुम्बई गएका थिए। आफूले सोचेजस्तो काम नपाएपछि घर फर्केका उनी फेरि सन् २०१२ मा मुम्बई गएका थिए। उनले केही टिभी सिरियलमा पनि काम गरेका थिए। सन्दीप हरियाणाको काल्का जिल्लामा सन् १९८७ डिसेम्बर २५ मा जन्मिएका थिए। अभियनमा उनको सानैदेखि रुची थियो।

उनले सन् २०१६ मा रिलिज भएको चलचित्र ‘एम।एस। धोनीः द अनटोल्ड स्टोरी’मा  दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको साथीको भूमिकामा महत्वपूर्ण भूमिका निभाएका थिए। उनले त्यसपछि अक्षय कुमारको चलचित्र ‘केसरी’मा पनि काम गरेका थिए। 

मंगलबार, ०४ फागुन २०७७, १६ : ४३

प्रतिक्रिया