तोकिएकै मितिमा रिलिज होला अक्षयको 'सुर्यवंशी' ?

मंगलबार, ०४ फागुन २०७७, १७ : १०

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘सुर्यवंशी को रिलिज मिति अन्योलमा रहेका बेला पृन चर्चा सुरु भएको छ।निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि पोस्पेन्ड गरेपछी रिलिज रोकिएको थियो। ट्रेलर सार्वजनिक भएको केहि समयमै कोरोना महामारीका कारणलक डाउन भए सँगै रिलिज रोकिएको थियो ।

भारतिय संचारमाध्यमका अनुसार सुर्यवंशी २ अप्रिल २०२१मा प्रदर्शनमा आउने सम्भावना छ ।यस बिषयमा निर्देशक शेट्टीले वितरक र हल संचालकहरुसँग छलफल पछि  यसलाई लिमिटेड सिंगल स्क्रीन्स र नन नेशनल मल्टीप्लेक्समा नै रिलीज गर्ने भारतीय संञचारमाध्यमले जनाएका  छन् ।

हालै केन्द्र सरकारले फिल्म हलमा १०० प्रतिशत क्षमताका साथमा दर्शकलाई चलचित्र देखाउन पाउने गरी हल खुला गरिदिएको छ । त्यससँगै बलिउडमा निर्माता, हल संचालक, कलाकारहरूमा खुसी छाएको छ ।

मंगलबार, ०४ फागुन २०७७, १७ : १०

प्रतिक्रिया