अस्ट्रेलियामा फेसबुकले लगायो समाचारमा प्रतिबन्ध

३ बर्ष अगाडि

काठमाडौं - अस्ट्रेलियामा फेसबुकले समाचारमा प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जाल जाइन्टले अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको बीबीसीले जनाएको छ ।

यसले अस्ट्रेलियाका नागरिकलाई सूचना पाउनेमा समस्या हुने भएको छ । बिहान उठ्दा फेसबुकमा स्थानीय र अन्तर्राष्ट्रिय सबै न्यूज साइट बन्द भएको पाइएको त्यहाँका स्थानीयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अस्ट्रेलियामा आज बिहानदेखि स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार संस्था वा वेबसाइटका फेसबुक पेजहरु ब्लक गरिएका छन् । यस्तै महत्त्वपूर्ण सरकारी निकायका फेसबुक पेजहरु पनि ब्लक भएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया