काठमाडौं- बलिउड अभिनेत्री जया बच्चन फिल्म क्षेत्रमा नदेखिएको वर्षौं भइसकेको छ । पछिल्लो समय राजनीतिमा बढी सक्रिय रहेकी उनले अब सात वर्षपछि अभिनयमा फर्किने निर्णय गरेकी छन् । उनले सात वर्षपछि मराठी फिल्मबाट अभिनयमा कमब्याक गर्दैछिन् ।
नाम गोप्य राखिएको फिल्मलाई मराठी निर्देशक गजेन्द्र अहिरेले निर्देशन गर्नेछन् । उनले ‘शेवरी, अनुमति र द साइलेन्स बीइंग क्रिटिकल’ जस्ता ५० भन्दा बढी फिल्मको निर्देशन गरिसकेका छन् । यो फिल्मको छायांकन २० दिनमा पूरा हुने बताइएको छ । पहिलो पटक मराठी फिल्ममा अभिनय गर्न जया उत्साहित देखिएकी छन् ।
प्रतिक्रिया