गएको माघ महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या २१।२६ प्रतिशतले बढेको छ । कोरोना महामारीको त्रास कम भएसँगै नँया , पुनः र वैधानिक गरि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३१ सयले बढेको हो ।
कोरोना महामारीका कारण गएको चैतदेखि असारसम्म वैदेशिक रोजगारीमा जाने क्रम ठप्प भएको थियो । साउनदेखि पुनः वैदेशिक रोजगारीमा जान शुरु गरे सँगै ३ हजार १ सय ५२ जना मात्र नेपाली रोजगारीका लागि गएका थिए । तथ्याङ्क अनुसार भदौमा १५ सय २५, असोजमा ८ हजार ९७ , कार्तिकमा १५ सय ८३, मंसिर ४ हजार ३ सय ७७ र पुसमा १४ हजार ७ सय ५३ जना र माघमा १७ हजार ८ सय ८७ जनाले श्रम स्वीकृत लिएका छन् ।
तथ्याङ्क अनुसार माघ महिनामा ७४ जिल्लामध्ये २७ जिल्ला बाट एक सय भन्दा बढी सङ्ख्यामा वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । सबैभन्दा धेरै धनुषा जिल्ला बाट ५ सय ९६ जना, सिरहा बाट ४ सय ८७, महोत्तरी बाट ४ सय २० भन्दा बढीले श्रम स्वीकृत लिएका छन् ।
जसमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या रहेको छ । यस्तै झापाबाट सबैभन्दा धेरै १ सय ४ जना महिला बाहिरिए छन् । ७४अैै जिल्लाबाट ६ हजार ९ सय ३५ पुरुष वैदेशिक रोजगारीमा गएका छन् भने ८ सय १७ जना महिला बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिक्रिया