‘सूर्यवंशी’को प्रभाव : नेपालमा ३ चलचित्र एकैदिन प्रदर्शन

शुक्रबार, ०७ फागुन २०७७, १३ : ५०

काठमाडौं - चैत्र २७ गते शुक्रबारबाट ३ नेपाली चलचित्र रिलिज हुँदैछन् । चलचित्र ‘लप्पन छप्पन २’  ‘कृष्ण लीला र मनसँग मन’ रिलिज हुँदै छन् । 

फागुन २७ गते रिलिज हुने भनिएको चलचित्र ‘लप्पन छप्पन २’ चैत्र २७ मा पुगेको हो । अप्रिल २ मा नायक अक्षय कुमार र नायिका कट्रिना कैफले अभिनय गरेको चलचित्र ‘सूर्यवंशी’ रिलिज हुँदैछ । 

यो चलचित्र रिलिज भएपछि हलमा दर्शक फर्किने अपेक्षा नेपाली निर्माताको पनि रहेको छ । यही कारणले नै चैत्र २७ गते शुक्रबारबाट ३ नेपाली चलचित्र रिलिज हुन लागेको हो ।  

अक्षयले दर्शक हलसम्म फर्काएपछि त्यसको प्रभाव नेपाली चलचित्रको व्यापारमा पनि पर्ने आशा यी तिन चलचित्रका निर्मातालाई छ ।

सरकारले ५० प्रतिशत अकुपेन्सीलाई अझै शत प्रतिशत बनाएको छैन । यसैले पनि निर्माताहरू ५० प्रतिशत अकुपेन्सीमै चलचित्र रिलिज गर्न हच्किएका हुन् । 

अर्कोतिर, फाट्टफुट्ट रुपमा रिलिज भैरहेका चलचित्रमा पनि दर्शक छैनन् । यसैले एउटा ठूलो चलचित्र रिलिज भएर दर्शक हल सम्म नफर्किएसम्म निर्माताले जोखिम मोल्न नसक्ने भएका हुन् ।  


 

शुक्रबार, ०७ फागुन २०७७, १३ : ५०

प्रतिक्रिया