‘बाघिरा’ को टिजर सार्वजनिक, फरक–फरक अवतारमा प्रभु देवा !

शुक्रबार, ०७ फागुन २०७७, १७ : २४

बलिउड निर्देशक तथा अभिनेता प्रभु देवा आफ्नु डान्सका कारण हरबखत चर्चामा रहन्छन् । यतिखेर प्रभु देवा  आफ्नो फरक लुक्सका कारण चर्चामा रहेका छन् । 

थ्रिलर फिल्म  ‘बाघिरा’को टिजर सार्वजनिक भएसँगै प्रभु देवाको लुक्सको चर्चा बढेको हो । 

 ‘बाघिरा’ मा प्रभुलाई  एक पागल व्यक्तिको  रुपमा देखिएका छन्। फिल्ममा उनी बाघिरा मुरलीधरन चरित्रमा छन् । टिजरमा उनलाई ‘साइको राजा’ का रुपमा प्रस्तुत गरिएको छ ।

भ्यालेन्टाइनको अवसर पारेर गत फेब्रुअरी १४ मा दक्षिण भारतीय स्टार धनुषले फिल्मको फस्टलुक सार्वजनिक गरेका थिए । थ्रिलर फिल्ममा अमर्या दस्तुर, गायाथ्री शंकर, राम्या नाम्बीसान, जननी लायर, सञ्चीता सेट्टी, साक्षी अग्रवाल, सोनिया अग्रवाल, साई कुमार, नसर र प्रगथीलगायतको अभिनय रहेको छ । 

प्रभु देवा पछिल्लो समय सलमान खानको फिल्म ‘राधे’ को निर्देशन पछि  यसको प्रमोसनमा व्यस्त रहेका छन् ।

 

शुक्रबार, ०७ फागुन २०७७, १७ : २४

प्रतिक्रिया