रणवीरको ‘सर्कस’मा दीपिकाको इन्ट्री

शुक्रबार, ०७ फागुन २०७७, १९ : २६

 
बलिउड अभिनेता रणवीर सिंह  यतीखेर  फिल्म ‘सर्कस’को  छायांकनमा ब्यस्त रहेका छन् ।  फिल्म ‘सर्कस’ अभिनेत्री दीपिका पादुकोण पनि जोडिने खबर बाहिरिएको छ । दीपिकाले शुक्रबार फिल्मको छायांकन सुरु गरेको भारतिय संचारमाध्यमले जनाएका छन् ।

निर्माणपक्षका अनुसार फिल्ममा दीपिकाको एक आईटम नृत्य रहने छ ।

‘सर्कस’ एक कमेडी जनाराको फिल्म हो । यस फिल्म गुल्जारको कमेडी फिल्म ‘अंगुर’बाट प्रभावित छ । फिल्मको पूर्ण छायांकन अबको एक महिनामा सकिने निर्माणपक्षले जानकारी दिएको छ ।

रोहित सेट्ठीको निर्देशनमा बनेको फिल्ममा वरुण शर्मा दोहोरो भूमिकामा देखिनेछन् । वरुण सँग  अभिनेत्रीद्वय ज्याक्लिन फर्नान्डेज र पूजा हग्डे पनि रहने छन् ।
 

शुक्रबार, ०७ फागुन २०७७, १९ : २६

प्रतिक्रिया