अमेरिकी फेसन आइकन किम र र्‍यापर कान्य सम्बन्ध विच्छेद गर्दै

शनिबार, ०८ फागुन २०७७, १० : ३९

एजेन्सी - अमेरिकी फेसन आइकन किम कार्डाशियनले र्‍यापर कान्य वेष्टसँग सम्बन्ध विच्छेद गर्ने भएकी छिन् । उनले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी छिन् ।

किम र कान्य विगत सात वर्षदेखि वैवाहिक सम्बन्धमा छन् । उनीहरुका चार सन्तान छन् । किम र कान्यको वैवाहिक सम्बन्ध संकटमा रहेको हल्ला चलेको केही महिना भएको थियो । 

किमले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको खबर सेलिब्रेटी सम्बन्धी खबर दिने वेबसाइट टिएमजेडले पहिलोपटक प्रकाशित गरेको हो ।

४० वर्षे रियालिटी स्टार किमले सन्तानको कानूनी तथा भौतिक अधिकार संयुक्त हुनु पर्ने माग गरेकी छन् । यस सम्बन्धमा किम र कान्यले केही टिप्पणी गरेका छैनन् ।

शनिबार, ०८ फागुन २०७७, १० : ३९

प्रतिक्रिया