‘पीके’ को सिक्वेल घोषणा, मुख्य भूमिकामा रणवीर  !

शनिबार, ०८ फागुन २०७७, १५ : ४९

बलिउड फिल्म  ‘पीके’ को सिक्वेल बन्ने भएको छ । आमिर खान,अनुष्का शर्मा र स्वर्गीय  सुशान्त सिंहको मुख्य अभिनय रहेको सन् २०१४ को सर्वाधिक सफल फिल्म पिकेको सिक्वेल बन्ने भएको हो । 

 फिल्मको अन्तिम सीनमा रणवीर कपूरलाई पनि देखाइएको छ । 

पिके  फिल्म निर्माता विधु विनोद चोपडाले  पिकेको सिक्वेल बनाउने घोषणा गरे सँगै उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । सिक्वेलमा आमिर खान देखिने छैनन् भने आमिरको ठाउँमा रणवीर कपूरले मुख्य भूमिका निभाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

 फिल्ममा रणवीर कपूरको क्यारेक्टर दोस्रो प्लानेटबाट पृथ्वीमा आएको देखाइएको छ । सिक्वेलमा रणवीरले नै फिल्मको कहानी अगाडि लैजाने छन् । 

 फिल्म लेखक अभिजात जोशीले अहिलेसम्म कहानी लेखिसकेका छैनन् । कहानी लेखेर सकिने बित्तिकै  फिल्म सुरु  गरिने निर्माता विधुको भनाइ छ । 

शनिबार, ०८ फागुन २०७७, १५ : ४९

प्रतिक्रिया