अन्तराष्ट्रिय चलचित्र महोत्सब : ३१ देशका ६३ चलचित्र छनोट

आइतबार, ०९ फागुन २०७७, ०९ : १९

काठमाडौं - नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’, का लागी ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनौट भएका छन् । 

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’ को लागि संसारका ५२ देश बाट ४५० चलचित्र प्राप्त भएका थिए । 

आयोजकको आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्यबाट ३१ देशका ६३ चलचित्रलाई चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको छ । 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ । 

सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ । 

त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

आइतबार, ०९ फागुन २०७७, ०९ : १९

प्रतिक्रिया