पेरिस हिल्टनलाई प्रेमीले दिए इङ्गेजमेन्टमा २३ करोड ५० लाखको औंठी

आइतबार, ०९ फागुन २०७७, ११ : ३९

एजेन्सी - हलिउड अभिनेत्री तथा बिजनेस वुमन पेरिस हिल्टनले हालै मात्र इन्गेज्मेन्ट गरेकी छिन् । उनले आफ्नो प्रेमी कार्टर रियम सँग गत फेब्रुअरी १३ का दिन इङ्गेजमेन्ट गरेकी हुन् ।

तर अहिले उक्त इन्गेज्मेन्टको औँठीले चौतर्फी चर्चा पाइरहेको छ । पेसिरलाई एउटा अति नै महँगो हिराको औँठीसहित उनको प्रेमीले विवाहको प्रस्ताव राखेका थिए ।

जुन औँठीको मूल्य २ मिलियन डलर अर्थात बीस लाख डलर रहेको छ । नेपाली रुपैयाँको हिसाबले उक्त औँठीको मूल्य २३ करोड ५० लाख रुपैयाँ भन्दा बढी हुन्छ ।

सुन्मर एमरल्ड कट भएको यस हिराको औँठीलाई जीन डोसेटले बनाएका हुन् । जो लोकप्रिय फ्रेन्स ज्वेलरी आइकन लुईस कार्टरका पनाति हुन् ।

पेरिस हिल्टनको वेबसाइटमा उनीहरूको इङ्गेजमेन्टका तस्बिरहरू शेयर गरेकी छिन् । कार्टर रियमले पेरिस हिल्टनको प्रेममा यति धेरै खर्च गरेका हुन् ।

पेरिसले आफ्नो युट्युब च्यानलमा उक्त औँठीको डिजाइनको भिडियो पनि शेयर गरेकी छिन् । पेरिस हिल्टनले सामाजिक सञ्चालनमा आफ्नो इन्गेज्मेन्ट हुने कुरा केही दिन अगाडि नै घोषणा गरेकी थिए ।

आइतबार, ०९ फागुन २०७७, ११ : ३९

प्रतिक्रिया