एजेन्सी - भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने भएको छ । भारत सरकारले यसको लागी तयारी शुरु गरेको हो ।
छोटो समयमै बलिउडमा लोकप्रिय बनेका अभिनेता सुशान्तको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको गरिएको बताइएको छ ।
भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।
उता बलिउडमा केही पक्षले भने सुशान्तको निधन भएको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै आलोचना गर्न थालिसकेका छन् ।
यस्तै उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो ।
प्रतिक्रिया