काठमाडौं उपत्यकामा ४९ जनासहित ८० जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सोही अवधीमा काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय २१ जना संक्रमण मुक्त भएका छन् । योसंगै निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ६१ जनाको मृत्यु भइसकेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया