ग्रीसका राष्ट्रिय नाट्य निर्देशक तथा वरिष्ठ कलाकार पक्राउ परेका छन् ।पूर्व नाट्य निर्देशक दिमित्री लिग्नादीसलाई श्रृंखलावद्ध बलात्कार र अभद्र यौन आक्रमण गरेको आरोपपछि प्रहरीले पक्राउ गरेको हो ।
५६ वर्षीय लिग्नादीसले भने उनको घटनाबारे खुलासा भइ चर्को आलोचना भएपछि फेब्रुअरी ६ मा नै पदबाट राजीनामा दिएका थिए । उनीमाथि थुप्रै बालबालिकाहरुमाथि बलात्कार गरेको र यौन शोषण गरेको आरोप लागेको छ ।
लिग्नादीसका वकिलका अनुसार उनले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दैआएका छन् । साथै अधिकारीहरुको दबाबका कारण आफू पक्राउ परेको पनि उनको जिकिर छ ।
शुक्रबार दर्ता भएको एक आरोप अनुसार २०१० मा उनले १४ वर्षे एक बालकमाथि बलात्कार गरेको बताइएको छ ।
प्रतिक्रिया