काठमाडौं - अब साउदी अरबबाट पुनः प्रवेश भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै काममा फर्किनु पर्ने भएको छ । काममा नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइने वैदेशिक रोजगार विभागले जनाएको छ ।
आइतबार विभागले जारी यस्को जानकारी दिएको हो । सूचनामार्फत रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको अवधि सकिनु अगावै काममा नफर्किएको खण्डमा ती कामदारलाई तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको जनाकारी गाईएको छ ।
साथै रि–इन्ट्रि भिसामार्फत् साउदी जानेहरु स्वास्थ्य प्रोटोकल तथा प्रतिबन्धमा सम्बन्धमा नियमहरु पालना गर्नुपर्ने पनि सुचनामा भनिएको छ ।
पछिल्लो समय साउदीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि साउदी सरकारले कोरोना संक्रमण कम गर्न स्वास्थ्य प्रोटोकलका अतिरिक्त नियमहरु बनाएको छ ।
रि–इन्ट्रि भिसामार्फत् व्यापारिक मलहरुमा जाने हरेकले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको ‘ट्वाककल्ना एप्स’ अनिवार्य रुपमा आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने सूचनामा भनिएको छ । डाउनलोड गरिएको एपबाट कोरोना संक्रमण भएका व्यक्तिगको आवागमनको ट्रेसिङ हुने जनाइएको छ ।
यसैगरी ३१ मार्चबाट हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन प्रतिबन्ध हटाउने निर्णय गरिएपनि १७ मे सम्मलाई लम्ब्याइएको पनि सूचनामार्फत् भनिएको छ । त्यस्तै, विभिन्न २० देशका नागरिकलाई साउदी अरब प्रवेशमा रोक लगाइएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।