शाहिद कपुरद्वारा श्रीमतीलाई ५६ करोडको घर उपहार

३ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेता शाहिद कपुर र मीरा राजपूतको विवाह सन् २०१५ मा भएको थियो । यी दुईका एक छोरी र एक छोरा छन् । शाहिद मीरा बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन् । 

शाहिद कपुरले आफ्नी श्रीमती मीरालाई दोस्रो गर्भावस्थाका बेला उपहार स्वरुप घर दिएका थिए । यो घरको मूल्य ५६ करोड भारु बताइएको छ ।

रिपोर्टका अनुसार अपस्केल वर्लीमा रहेको उनको यो ड्युप्लेक्स अपार्टमेन्टको मूल्य ५५ करोड ६० लाख भारु हो ।

उनको यो अपार्टमेन्ट ४२ र ४३ औं तलामा छ । शाहिदको यो दोस्रो घर हो । शाहिदको जुहूमा पनि आलिशान बंगला छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया