एजेन्सी - बलिउडकी चर्चीत अभिनेत्री प्रियंका चोपडाको बायोपिक किताब ‘अनफिनिस्ड’ द न्यूयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने किताबको सूचीमा परेको छ।
उनले यो कुरा सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै सम्पूर्ण पाठकलाई धन्यवाद दिएकी छन्। इन्स्टामा उनले किताबको छोटो भिडियो पनि पोष्ट गरेकी छिन् ।
द न्युयोर्क टाइम्सको सर्वाधिक बिक्रीमा साथ र सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएकी छिन् । बलिउड हुँदै हलिउड पुगेकी प्रियंकाको गत फेबु्रअरी ९ मा मात्रै पहिलो किताब आत्मसंस्मरण ‘अनफिनिस्ड’ सार्वजनिक भएको हो ।
प्रतिक्रिया