कपिल शर्माको मेरूदण्डमा समस्या, देखिए  ह्वीलचेयरमा

बुधबार, १२ फागुन २०७७, १६ : ४३

दुई दिन अघि ह्वीलचेयरमा देखिएका भारतीय हास्यकलाकार कपिल शर्माको चर्चा एकाएक बढ्यो।  सोमबार मुम्बई विमानस्थलमा ह्वीलचेयरमा कपिललाई देखेपछी फ्यान तथा शुभचिन्तकहरूमा निकै चासो को बिषय बन्यो।

भारतिय संञ्चारमाध्यमका अनुसार कपिलले आफ्नो स्वास्थ्य ठीक भएको भन्दै ह्वीलचेयरमा बस्नुको कारण खुलाएको  बताएका छन्। 

उनले भनेका छन्, ‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन। म ठीक छु। जिम जाँदा मेरूदण्डमा सामान्य दुखाइको समस्या आएको हो। केही दिनमा ठीक भइहाल्छ।’कपिलले आफ्नोबारे चासो देखाएकोमा शुभचिन्तकहरूलाई धन्यवाद पनि दिएका छन्।  
 

दुइ दिन अघि विमानस्थलबाट कपिलको ह्वीलचेयरमा हिनेको एक  भिडियो बाहिरिएको थियो । ह्वीलचेयरमा रहेका बेला कपिलले फोटोग्राफर हरूलाई गाली गरेको भिडिओ पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ। 

बुधबार, १२ फागुन २०७७, १६ : ४३

प्रतिक्रिया