काठमाडौँ - चलचित्र 'कबड्डी-४' बन्ने पक्का भएको छ । निर्देशक राम बाबु गुरुङले सामाजिक सञ्जालमा ‘फाइनल म्याच’ भन्दै एक तस्बिर सार्वजनिक गरेका छन् ।
उनका अनुसार चलचित्र आगामी वर्ष २०७८ मा प्रदर्शनमा आउने छ । यसको निर्माणपक्षले ‘कबड्डी-३’ रिलिज भएको करिब डेढ बर्षपछि यसको चौथो सिरिजको घोषणा गरेको हो ।
रामबाबुका अनुसार, यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यसको निर्माणपक्षले दशैंमा चलचित्र रिलिज गर्ने तयारी गरेको वुझिएको छ ।
रामबाबुका अनुसार चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुनेछन् । गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र 'कबड्डी-३' लाई दर्शकले औषत रुचाएका थिए ।
प्रतिक्रिया