एजेन्सी - दक्षिण कोरियाली चलचित्र र सिरिजलाई आफ्नो प्लेटफर्ममा ल्याउन नेटफ्लिक्सले ५० करोड अमेरिकी डलर लगानी भएको छ ।
दक्षिण कोरियाली चलचित्र र सिरिजको व्यापारलाई व्यापक बनाउने उद्देश्यले नेटफ्लिक्सले बिहिबार लगानी गर्ने घोषणा गरेको हो ।
सन् २०१५ देखि सन् २०२० सम्म नेटफ्लिक्सले ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । नेटफ्लिक्सले ८० ओटा स्थानीय शोहरुको स्थानीय स्तरमा निर्माण गरिसकेको जनाएको छ ।
नेटफ्लिक्सका प्रमुख कार्यकारी अधिकृत टेड सराडोसले कोरियासँग गरेको बाचा पुरा गर्ने साथै यस क्षेत्रमा लगानी र काम निरन्तर गरिरहेने बताएका छन् ।
प्रतिक्रिया