काठमाडौं- मार्वल स्टुडियोले निर्माण गर्न लागेको ‘स्पाइडर–मेनः नो वे होम’ यो वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । दर्शकको लामो समयको प्रतिक्षापछि मार्वलले ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरेको हो ।
यो फिल्म यसै वर्षको डिसेम्बर १७ मा रिलिज हुने मार्वलले आफ्नो आधिकारीक वेवसाइटमा जनाएको छ ।
पछिल्लो समय मार्वल फ्रेञ्चाइजका सबै फिल्महरु दर्शकको ध्यान तान्न सफल देखिएका छन् ।
प्रतिक्रिया