बलिउड फिल्म ‘मुम्बई सागा’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर शुक्रबार सार्वजनिक भएको हो ।
जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको ‘मुम्बई सागा’मा जोन अब्राहम अन्डरवर्ल्ड डनको भुमिकामा देखिँदैछन् भने इमरान पुलिस अफिसरको भुमिकामा छन्।
‘मुम्बई सागा’मा जोन र इमरानका साथै सुनिल शेट्टी, महेश मान्जरेकर, काजल अग्रवाल लगायत मुख्य भुमिकामा देखिनेछन्।
फिल्म को लेखक र निर्देशक संजय गुप्ता हुन् भने निर्माता भूषण कुमार रहेका छन् । फिल्म आगामी मार्च १९ मा रिलिज हुनेछ।
प्रतिक्रिया