एजेन्सी - बलिउडकी अभिनेत्री दीपिका पादुकोण अहिले बलिउड क्षेत्रको सबैभन्दा बढी लोकप्रिय अभिनेत्रीको रुपमा परिचित छिन् । उनको पहिलो फिल्म 'ओम शान्ति ओम' हो ।
यो फिल्म उनलाई अभिनेत्री मलाइका अरोडाका कारण प्राप्त भएको थियो । फिल्म ओम शान्ति ओमको लागि मलाइकाले उनलाई प्रस्ताव गरिदिएपछि उनको भाग्य चम्कियो ।
उनको पहिलो फिल्मले सुपरहिट भयो । यो फिल्मको शान्तिप्रियाको भूमिकामा प्रियंका चोपडा र सुष्मिता सेनलाई लिइने योजना भएको भएपनि अन्त्यमा दीपिकालाई लिइएको थियो ।
दीपिका उक्त समयमा फेशन डिजाइनरसँग काम गर्थिन् । उक्त फेशन डिजाइनरले मलाइकालाई दीपिकालाई फिल्म दिन आग्रह गरेका थिए ।
सोही अनुसार मलाइकाले निर्देशक फराह खानलाई दीपिकाको नाम दिइन् । त्यसपछि दीपिका हिट भइन् ।
प्रतिक्रिया