प्रचण्ड–नेपाल समुह निकट प्रेस संगठन नेपालको दोस्रो प्रादेशिक भेला सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं - प्रचण्ड–नेपाल समुह निकट प्रेस संगठन नेपालको दोस्रो प्रादेशिक भेला सम्पन्न भएको छ । पूर्ण प्रेस स्वतन्त्रता रक्षाको निम्ति प्रेस संगठनको आह्वान, प्रतिगमन विरुद्ध सञ्चारकर्मीको सामूहिक अभियान भन्ने नाराका साथ भेला हेटौडामा सम्पन्न भएको हो । 

प्रेस संगठन बागमती प्रदेशको आयोजनामा सम्पन्न भएको उक्त भेलाले संगठन शुद्धिकरण गर्ने साथै क्षमता अभिवृद्धि सम्बन्धको विभिन्न कार्यक्रम सँगै भेला सम्पन्न भएको आयोजकले जनाएको छ । 

भेलालाई प्रमुख अतिथि प्रचण्ड नेपाल समुहका स्थायी कमिटी सदस्य एवम् प्रेस संगठन नेपालका इन्चार्ज योगेशकुमार भट्टराई, अतिथिहरू प्रेस सङ्गठनका संयोजक महेश्वर दाहाल, सह इन्चार्ज ओम शर्मा, विष्णु रिजाल, पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल लगायतले सम्बोधन गरेका थिए । 

साथै भेलाले प्रेस संगठन बागमती प्रदेशको पुन गठन पनि गरेको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया