साइप्रसद्वारा आकर्षक तलबमा नेपाली महिला पुरुष कामदारको माग

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको थियो इम्प्लोइमेन्ट एण्ड ट्राभल लिमिटेड कम्पनीले विभिन्न पदका लागि नेपाली कामदारको माग गरेको छ । उक्त कम्पनीले महिला ८ जना र पुरुष १४ जना गरि जम्मा २२ जना कामदारको माग गरेको हो । 

कम्पनीले कुकमा ५ जना पुरुष, घरेलु कामदारमा ५ जना पुरुष र कृषि क्षेत्रका कामदारमा ४ जना पुरुष र ८ जना महिला कामदारको माग गरेको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । 

साथै विदेश जानु अघि अभिभुखिकरण वा इन्डक्सन तालिम अनिवार्य लिनु पर्ने छ । जमा कामदारले तलब खान बस्न सहित करिब ४५ हजार देखि ६० हजार सम्म तलब सुविधा पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।   

स्वदेशमा हुने मेडिकलको खर्च, विदेशमा हुने मेडिकल खर्च र स्वदेशमा हुने बिमा खर्च कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया