बहराइनले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, तलब कति ?

फागुन १९, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं - बहराइनको अरिना कन्ट्याक्टर ग्रुप कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  कम्पनी वर्कर, ड्राइभर र ह्याभि ड्राइभरका लागि १७५ जना पुरुष कामदारको माग गरेको हो ।  

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३१ हजार देखि ४६  हजार बढि सम्म पानेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुकले ब्लुमुन ओभरसिज नेपाल प्रा लि को कार्यालय चाबहिल काठमाडौंमा फागुन २६ गते अन्तर्वार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८