अभिनेता आमिर खान विरुद्ध मुद्दा दर्ता

३ बर्ष अगाडि

बलिउड सुपरस्टार आमिर खान विरुद्ध मुद्दा दर्ता भएको छ । आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर आमिर सहिच ४ जना माथि मुद्या दायर भएको हो । 

उनिहरुमाथि एक जाति–विशेषको अपमान गरेको आरोप लागेको छ । दुई बर्ष अघि प्रदशनमा आएको आमिरको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा मल्लाह जातिलाई अपमान गरेको आरोपमा जौनपुरका जिल्ला एवं सत्र न्यायधीश मदनपाल सिंहको अदालतले मंगलबार फिल्मका प्रमुख अभिनेता आमिर तथा निर्माता आदित्य चोपडाका विरुद्ध कानूनी पत्र जारी गरेका हुन् । पत्रमा यो मामलामा आगामी सुनुवाई अप्रिल ८ मा हुने जनाइएको छ ।

उनिहरुले  फिल्ममा मल्लाह जातिलाई फिरंगी र ठग जस्ता शब्दले सम्बोधन गरेर पूरा मल्लाह जातिको छविमा असर पुर्‍याएकोआरोप लगाएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया