चलचित्र ‘गोर्खा वारियर–२’को फागुन २७ बाट छायांकन सुरु

३ बर्ष अगाडि

काठमाडौं- चलचित्र ‘गोर्खा वारियर–२’को फागुन २७ बाट छायांकन सुरु गरिने भएको छ ।  निर्माता निर्देशक मिलन चाम्सले  फागुन २७ बाट छायांकन सुरु गरिने बताएका छन्।

काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको हो

गोर्खा वारियर चलचित्र ४ शृंखलासम्म निर्माण गर्ने उनले जानकारी गराए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालीलाई गोर्खा सैनिकका रूपमा विश्वमा चिनाउने विश्वास व्यक्त गरे। यो समयमा गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रियस्तरमा चलचित्र बनाउनु साहसिक कार्य भएको पनि उनले बताए।

आगामी सन् २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ। 

३ बर्ष अगाडि

प्रतिक्रिया