कतारले माग्यो आकर्षक तलबमा नेपाली पुरुष महिला कामदार, तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - कतारले दोहा सहरको पिस्टाच एण्ड मोर फर स्विट्स कम्पनीका लागि आकर्षक तलबमा नेपाली कामदारको माग गरेको छ । कम्पनीले ६ जना पुरुष र ४ जना महिला गरि जम्मा १० जना नेपाली कामदारको माग गरेको हो । 

कम्पनीले किचन हेल्फर, स्विट मेकर, एकाउन्टेन र जर्नल सुपरभाइजर पदका लागि कामदार माग गरेको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । 

कामदारले तलब खान बस्न सहित करिब ४८ हजार देखि १ लाख ४५ हजार बढि सम्म पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुकले ग्लोबल ट्यालेन्ट मेनपावर कम्पनीको कार्यालयमा फागुन २६ गते अन्तर्वार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया