साउदीले माग्यो १ सय नेपाली कामदार, तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साउदीको केएसए सहरमा रहेको पन्दा रिटाइल कम्पनीका लागि भारी सङ्ख्यामा नेपाली कामदारको माग गरिएको छ । कम्पनीले जनरल लेबरका लागि एक सय जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३१ हजार बढि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले लक्की एच।आर। सोलुसन प्रा. लि. को कार्यालय जावलाखेल ललितपुरमा फागुन २६ गने देखि २९ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया