फिल्म ‘हाथी मेरे साथी’ को हिन्दी ट्रेलर सार्वजनिक, मार्च २६ मा रिलिज हुदैँ

३ बर्ष अगाडि

काठमाडौं- फिल्म ‘बाहुबली’ मा भल्लालदेवको भूमिका निर्वाह गरेपछि चर्चामा आएका अभिनेता राणा दग्गुबाती अभिनित फिल्म ‘हाथी मेरे साथी’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति २६ मार्चलाई घोषणा गरेको छ ।

तीन मिनेटको ट्रेलरमा जंगली हात्तिलाई बचाउन एक व्यक्तिले गरेको संघर्ष देखाइएको छ । ट्रेलरमा दग्गुबातीको अभिनयले मन छुन्छ । 
 
प्रभु सोलोमनद्धारा निर्देशित यो फिल्म हिन्दीसहित तमिल र तेलुगू भाषामा बनेको छ । पुलकित सम्राट, श्रिया पिलगांवकर, जोया हुसेनको पनि अभिनय रहेको छ । फिल्ममा राणा दग्गुबाती बनदेव नामक एक जंगल म्यानको भूमिकामा छन् । ‘बाहुबली’ सिरिज र ‘द गाजी अट्याक’ पछि ‘हाथी मेरे साथी’ उनको तेस्रो त्रिभाषी फिल्म हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया