रोजगारको खोजीमा हुनुहुन्छ ? नेप्सेले माग्यो कर्मचारी

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज नेप्सेले कर्मचारी माग गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै आन्तरिक र खुला तर्फबाट केही कर्मचारीको लागि दरखास्त आह्वान गरेको हो ।

नेप्सेले आन्तरिक प्रतियोगिता तर्फबाट प्रबन्धक १ जना, सहायक प्रबन्धक ३ जना र खुला तर्फको सहायक प्रबन्धक १ जना, अधिकृत ३ जना र आइ टी अधिकृत १ जना गरी जम्मा ९ जना कर्मचारीको माग गरेको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन २१ गतेबाट २१ दिन भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन भित्र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म दरखास्त दिन सकिने छ । 

दरखास्त फारम नेपाल स्टक एक्सचेन्ज, पदपूर्ति समितिको सचिवालय, भद्रकाली प्लाजा, काठमाडौंबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया