विदेशी पनि नेपालमा काम गर्न आउँछन, चालु आवमा कति कामदार आए ?

३ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनाको २० गते अर्थात तेस्रो सातासम्म ५०० बढी विदेशी कामदार नेपालमा रोजगारीका लागि आएका छन । श्रम विभागको फागुन तेस्रो सातासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुसार समीक्षा अवधिमा ५७३ जना विदेशी कामदार नेपाल आएका छन् । त्यस्तै नेपालमै काम गर्दै आएका ८२१ जना विदेशी कामदारले श्रम स्वीकृति नवीकरण गरेका छन् । फागुन महिनामा मात्र ६९ जना विदेशी कामदार नेपाल आएका छन् । माघ मसान्तसम्म भने ५०४ जना कामदार नेपाल आएका थिए । 

हाल नेपालमा भारत, चीन, अमेरिका, अष्ट्रेलियालगायतका ८० भन्दा बढी देशका जम्मा १६ हजार ४३१ विदेशी कामदार कार्यरत रहेका छन् । जसमा १४ हजार ३९२ पुरुष विदेशी कामदार र २ हजार ३९ महिला विदेशी कामदार कार्यरत छन् । 

नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रम स्वीकृति नलिई नेपालको बिभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपालमा जलविद्युत आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बीमा कम्पनी, विमान कम्पनी, गैर सरकारी संस्थालगायतका क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालदेखि अर्बौ रुपैयाँ रेमिट्यान्स (विप्रेषण) लैजाने गरेका पनि छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया