रिया चक्रवर्ती सहित  ३३ जनाविरुद्ध आरोप पत्र पेस

३ बर्ष अगाडि

लागुऔषध  कन्ट्रोल ब्युरोले आज १२ हजार भन्दा धेरै पेजको चार्जसिटसहित एनडीपीएस अदालतमा मुद्दा दायर गरेको छ  । बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणको अनुसन्धानको क्रममा उक्त चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतिय संञ्चारमाध्यमले जनाएका छन्  ।

सुशान्तको आत्माहत्या पछि  रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए । उनीहरु केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए ।

सुशान्तको मुत्युको अनुसन्धानको क्रममा सामाजिक सञ्जाल ह्वाट्सएप च्याटको आधारमा रियाका भाई शोविक पनि लागुऔषधको मुद्दामा तानिएका थिए ।

स्रोतको अनुसार एनसीबीको निर्देशक समीर वानखेडे एनडीपीएस अदालतमा दाखिल गर्ने भएका छन् । एनसीबीको चार्जशीटमा ३३ जनाको नाम छ जसमा रिया चक्रवर्तीको नाम पनि छ । चार्जशीट १२ हजार पानाको छ । सिटमा केही लागुऔषध कारोबारी र अन्यका पनि नाम छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया