सुटिङ अगाबै ‘कबड्डी ४' को प्रदर्शन मिति सार्वजनिक !

३ बर्ष अगाडि

नेपाली फिल्म  ‘कबड्डी ४’को  प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म आउदो दसैँमा (असोज १५)मा रिलिज गर्ने भएको हो ।

प्राय चलचित्र चाडवाडको छेको पारेर प्रदर्शन हुने गरेका छन् । गतबर्ष  दसैँमा रिलिज भएको  'कबड्डी-३' ले १० करोड माथिको ग्रस कलेक्शन गरेको थियो ।  

 निर्देशक राम बाबु गुरुङका अनुसार  यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको छ ।  रामबाबुका अनुसार चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुनेछन् । 

फिल्म वैशाखको पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया