काठमाडौं- अभिनेत्री मलिकाले अभिनय गरेको ‘फुल्बुट्टे सारी’ बोलको गीत चर्चामा रह्यो । यो गीतले छोटो समयमा दर्शकको माया कदममै माया पायो । यसपछि, उनले नै अभिनय गरेको अर्को गीत ‘टाढा भएपनि’ सार्वजनिक भयो । यो गीतले यूटुबमा सर्वाधिक चाडो १ करोड पटक हेरिएको गीतको रेकर्ड नै बनायो । यसपछि भने मलिकाको माग म्युजिक भिडियोमा अत्याधिक बढेको छ ।
मलिकाले आफ्नो माग ह्वात्तै बढेपछि भिडियोमा अभिनय गरेको पारिश्रमिक पनि बढाएकी छिन् । उनले, हालै मात्र सार्वजनिक भएको ‘वर आउन माया’ बोलको गीतलाई १ लाख २० हजार पारिश्रमिक बुझेकी छिन् ।
म्युजिक भिडियोमा सर्वाधिक महँगो पारिश्रमिक लिने मोडलमा नायक पल शाह पर्छन् । मलिकाले पनि अब उनको हाराहारीको पारिश्रमिक बुझेकी छिन् ।
प्रतिक्रिया