कुमालाखाडा तरकारीको नमूना गाउँ

आइतबार, २३ फागुन २०७७, १३ : २१

 तरकारी खेती उत्पादन गर्दै आइरहेका दैलेखको आठविस नगरपालिका ३ कुमालाखाडालाई  नमूना गाउँ बनाइने भएको छ । आठबिस नगरपालिका र युरोपियन युनियन, डिसिए नेपालको आर्थिक सहयोगमा सोसेको सहजीकरणमा गाउँलाई तरकारीको नमूना गाउँ बनाउन लागिएको हो ।

 नमूना गाउँ बनाउन युरोपियन युनियन र डिसिए नेपालले झण्डै रु नौ लाखको लगानी गरिसकेको छ । 

नमूना गाउँ बनाउनका लागि कृषकले गोठेमल सुधार, घरआँगन सरसफाइ, फोहर पाल्ने खाल्डो, जुठ्याल्नु बनाउनुपर्ने छ । व्यवसायिक तरकारी खेती, मूल्य शृङ्खलाअनुसार गोलभेडा, काउली, आलु, बदामलगायत छ वटा नगदेबालीलाई अगाडि बढाइने सामाजिक सेवा केन्द्रका उप कार्यकारी निर्देशक वसन्त श्रेष्ठले बताए । 

कृषकले लगाएको तरकारी खेतीमा समस्या नआउहोस भन्नेको लागि सहयोगी संस्था सोसेकले दुई कृषि प्राविधिक कर्मचारी समेत खटाएको छ ।  

आइतबार, २३ फागुन २०७७, १३ : २१

प्रतिक्रिया