अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश

आइतबार, २३ फागुन २०७७, १४ : ४०

बलीउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टीमा समावेश भएका छन् । उनले कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा प्रधानमन्त्री मोदीको र्यालीको मञ्चमा बिजेपीको झण्डा लहराए । 

बामपन्थमा मञ्चमा देखिने मिथुन अब बिजेपीमा देखिनुलाई सबैभन्दा ठूलो यूटर्नको रुपमा हेरिएको छ ।

स्मरण रहोस्, मिथुनको राजनीतिसँगको सम्बन्ध कुनै नयाँ होइन । ममता बनर्जीले उनलाई टीएमसी कोटाबाट राज्यसभा पठाइन् तर  मिथुन चाँडै नै राजनीतिको सीमाबाट बाहिर निस्किए । उनले संसदको सदस्यता छोडिदिए । तर अब उनी एकपटक पुनः राजनीतिमा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।

आइतबार, २३ फागुन २०७७, १४ : ४०

प्रतिक्रिया