प्रियंका चोपडाले गरिन् नयाँ व्यवसायको सुरुवात  !

आइतबार, २३ फागुन २०७७, १६ : ३२

बलिउड तथा हलिउड अभिनेत्री  प्रियंका चोपडा जोनसले न्यूयोर्कमा आफ्नो नयाँ व्यवसाय सुरु गरेकी छिन् । प्रियंका ले न्यूयोर्कमा भारतीय रेष्टुरेन्ट खोलेकी हुन् । 

सामाजिक संञ्जालमा पोष्ट  सेयर गर्दै पियंकाले रेष्टुरेन्ट संञ्चालन गरेको जानकारी दिएकी हुन् । प्रियंका लेख्छिन्, ‘म तपाईंहरु समक्ष सोना पेश गर्न पाउँदा निकै खुसी छु । न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खाना प्रति आफ्नो प्रेम पस्किएकी छु । भारतीय खानाको स्वाद र फ्लेवर्स सोनामा छ । शेफ हुन् हरी नायक जो निकै प्रभावशाली छन् जसले उत्कृष्ट मेन्यू तयार गरेका छन् । तपाईंलाई मेरो शानदार देशको यात्रामा लिएर जाँदैछु । सोना यो महिनाको अन्त्यमसम्म खोलिनेछ र त्यहाँ तपाईंहरुलाई हेर्न म प्रतीक्षा गर्न सक्दिनँ । यो कोसिस मेरा साथीहरु मनिष गोयल र डेविड रेबिनको नेतृत्व बिना सम्भव हुने थिएन । यो सोचलाई यति स्पष्टतासँग साकार गर्नका लागि हाम्रा डिजाइनर मेलिसा बोवर्स र अन्य समूहलाई धन्यवाद । ’

प्रियंका फिल्ममा अभिनयबाहेक उनी प्रोडक्सनको काम पनि गर्छिन् । ‘पर्पल पेबल्स पिक्चर्स’ नामबाट प्रियंका चोपडाको प्रोडक्सन हाउस छ । यसमार्फत् वेन्टिलेटर, सर्वन, पाहुना, फायरब्यान्ड, पानी, द स्काई इज पिंक, द ह्वाइट टाइगरजस्ता शानदार फिल्म निर्माण भइसकेका छन् । यसबाहेक प्रियंकाले हालै आफ्नो हेयरकेयर प्रोडक्ट ‘एनोम्याली’ लञ्च गरेकी छिन् । यस्तै केही दिन अघि उनले आफ्नो किताब ‘अनफिनिस्ड’ पनि रिलिज गरेकी छिन् ।

 

आइतबार, २३ फागुन २०७७, १६ : ३२

प्रतिक्रिया