साउथ फिल्मका भिलेन कनिज अब नेपाली फिल्ममा

सोमबार, २४ फागुन २०७७, ११ : २२

काठमाडौं, फिल्म ‘आँधी तुफान–२’मा भिलेनको रुपमा कनिज कोइराला देखिने भएका छन् । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिजसँग ‘आँधी तुफान–२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले बताए । श्रेष्ठले ‘आँधी तुफान–२’ अभिनयका लागि केही समयपछि कनिज नेपाल आउन लागेको समेत जानकारी दिए ।

कनिज अहिले भारतको हैदराबादमा छन् । त्यहाँ उनले प्रभासको नयाँ फिल्म ‘आधीमानव’ अभिनय गरिरहेको बताइएको छ । ‘आधीमानव’पछि उनको हातमा केही साउथ फिल्म छन् । तर उनले ति फिल्म ‘आँधी तुफान–२’ पछि अभिनय गर्ने बताइएको छ । 

‘आँधी तुफान–२’मा भिलेन नयाँ रुपमा पस्कने उद्देश्यले कनिजलाई लिईएको हो । कनिज हेर्दैमा भिलेन लुक्स परेका छन् । 

२०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा बन्न लागेको यो फिल्म महिला कलाकारको एक्सनले भरिएको हुनेछ ।
 

सोमबार, २४ फागुन २०७७, ११ : २२

प्रतिक्रिया