काठमाडौं- बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गंगुबाई काठियावाडी’ विवादमा आएका छन् । यो फिल्मको कथाबस्तुलाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् ।
फिल्ममा कोठी सञ्चालिका गंगुबाईको कथामा निर्मित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ बनाएको बताएका छन् । जसका कारण यो फिल्म हटाउनु पर्ने दाबी गरेका छन् ।
यो फिल्मले दुई सय वर्षको इतिहास बोकेको कमथीपुरालाई दुरुपयोग गरेको बताइएको छ । यसबारेमा स्थानियले विज्ञप्ती नै जारी गरेका छन् ।
विज्ञप्तीमा निकै लामो प्रयासपछि स्थानीयले कमथीपुराको बेग्लै पहिचान बनाएको स्मरण गर्दै सञ्जयको फिल्मले त्यो पहिचानमाथि बज्रपात गरेको उल्लेख गरिएको छ । त्यस्तै स्थानीयबासीे फिल्मको रिलिजविरुद्ध चाँडै नै आन्दोलनको तयारी गरिरहेको बताएका छन् ।
प्रतिक्रिया