काठमाडौं - राष्ट्रिय रोजगार सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।
सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौंमा गरिने भएको छ । सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी उपलब्ध गराइने बताइएको छ ।
कोरोनाका कारणले वैदेशिक रोजगारबाट फर्किएका र नेपालमा नै रोजगारी नपाएका व्यक्तिलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।
सम्मेलनमा परिषद्सहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घ, गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को समेत सहकार्य हुनेछ ।
प्रतिक्रिया