धिरज र जसिताको ‘आई एम ट्वान्टी वान’ भदौमा, कति गते ?

सोमबार, २४ फागुन २०७७, १६ : ३१

काठमाडौं - केही हप्ता अगाडि छायांकन सकिएको चलचित्र ‘आई एम ट्वान्टी वान’तीजको अवसर पारेर रिलिज गर्न लागिएको छ ।

चलचित्रलाई भदौ १८ गतेबाट प्रदर्शन गर्ने तयारीमा यसको निर्माणपक्ष रहेको बुझिएको छ । चलचित्रको फस्टलुक वैशाख १ गते सार्वजनिक गर्ने र सोही दिनमा प्रदर्शन मिति तय गर्ने बताइए पनि श्रोतका अनुसार यो चलचित्रलाई भदौ १८ गतेबाट प्रदर्शन गर्ने पक्का भएको यसको निर्माणपक्षले गरिसकेको छ ।

यो मितिमा अहिलेसम्म कुनै नयाँ नेपाली चलचित्रले प्रदर्शन मिति तोकेको छैन । चलचित्र ‘आई एम ट्वान्टी वान’को मुख्य भूमिकामा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङलाई देख्न सकिने छ ।  

सोमबार, २४ फागुन २०७७, १६ : ३१

प्रतिक्रिया