‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा, कहिले ?

सोमबार, २४ फागुन २०७७, १६ : ३७

काठमाडौं - नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको हो ।

फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ ।

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ ।

फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । 

सोमबार, २४ फागुन २०७७, १६ : ३७

प्रतिक्रिया