विश्व कप फुटबल २०२२ का लागि नेपाली सुरक्षा गार्ड कतार पठाउने तयारी

मंगलबार, २५ फागुन २०७७, ०७ : ३०

काठमाडौं -  सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको  छ ।

श्रम, रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री गौरीशङ्कर  चौधरीले  आइतबार  एक  कार्यक्रममा  सुरक्षा गार्डमा  जीटुजी  सम्झौता  गरेर  नेपाली  श्रमिक  कतार पठाउने  विषयमा  नेपालका  लागि  कतारका  राजदूतसँग एक÷दुुई चरण छलफल भएको जानकारी दिए ।

कतार श्रमिक पठाउने पुरानो श्रम समझदारीलाई नै संशोधन गरेर सरकारी तवरबाटै श्रमिक पठाउने गरी अब छिट्टै  विज्ञसहितको  टोलीसँग  छलफल  गर्ने  तयारी  भएको पनि उनले बताए ।

मंगलबार, २५ फागुन २०७७, ०७ : ३०

प्रतिक्रिया