‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा, कहिले हुदैैँछ रिलिज ?

मंगलबार, २५ फागुन २०७७, १० : २८

काठमाडौं- अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ ।  सोमवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

कोरोनाका कारण छायांकन पूरा नभएपछि फिल्मको प्रदर्शन अनिश्चिलकालका लागि स्थगित गरिएको थियो ।
 
लकडाउनभन्दा अगाडि फिल्मको ५० प्रतिशत छायांकन सकिएको थियो । कोरोनाका कारण ९ महिना छायांकन रोकिएपछि यसपालीको दशैंबाट निर्माण टिमले बाँकी छायांकन सुरु गर्‍यो । करीब १५ दिनको सुटिङपछि फेरि २ महिनाका लागि छायांकन रोकियो । अब बिहीवारबाट बाँकी छायांकन सुरु हुँदैछ । चैत पहिलो साताभित्र सम्पूर्ण छायांकन सक्ने योजनामा निर्माण टिम छ ।
 
 

मंगलबार, २५ फागुन २०७७, १० : २८

प्रतिक्रिया